चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान परिस्थितिमा "राष्ट्र संघमा संलग्न हुनका लागि जनमत" गर्ने भन्ने कुरालाई प्रभावकारी रुपमा रोकथान गर्नु थाइ वान् जलडमरुको शान्ति र स्थिरताको संरक्षणका लागि हितकर रहेको र चीन तथा अमेरिका लगायतका अन्तर्राष्ट्रिय समुदायको साझा हितका लागि अनुकूल रहेको कुरा बताउनुभयो ।
हाल अमेरिकी उप सहायक परराष्ट्र मन्त्री थोमास क्रिस्टेनसन्ले थाइ वान्का पत्रकारसित कुराकानी गर्दै थाइ वान्बाट "राष्ट्र संघमा संलग्न हुनका लागि आवेदन गरिएको जनमतको संग्रह" गर्ने कार्यको अमेरिकाले विरोध गरेको कुरा बताउनुभयो ।
छिंग कांगका अनुसार अमेरिकाबाट धेरै पटक दोहोर्याएको थाइ वान् सत्ताधारीव्दारा "राष्ट्र संघमा संलग्न हुनका लागि जनमत" गरिने कार्यको विरोध गर्ने अडानलाई चीनले महत्व दिएको छ ।
|