चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज अल्जेरियामा आतंककारी विस्फोट भएको विषयबारे पत्रकारको प्रश्नको जवाफ दिंदा सो आतंककारी विस्फोटको कडा निन्दा गर्नुभयो ।
छिंग कांगका अनुसार चीन सरकारले हाल अल्जेर्समा उत्पन्न आतंककारी विस्फोटको कडा निन्दा गरेको छ । चिनियां नागरिकहरु लगायत उक्त घटनाबाट पीडितहरुप्रति चीन सरकारले गहिरो श्रद्धान्जलि अपर्ण गर्नुका साथै पीडितहरुका परिवार तथा घटनामा हताहत हुनेहरुलाई हार्दिक समवेदना दिएको छ । चीनले कुनै पनि प्रकारको आतंकवादको विरोध गर्नुका साथै आतंकवादलाई प्रहार गर्न तथा मुलुकको स्थिरतालाई संरक्षण गर्नका लागि अल्जेरिया सरकारले गरेको प्रयासको दृढ समर्थन गर्नेछ ।
|