china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गत वर्षको तुलनामा यो वर्ष नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या दोब्बरभन्दा बढीले बृद्धि भएको छ
    (GMT+08:00) 2007-12-13 14:48:01    

                  नेपाल घुम्न आउने पर्यटकहरुको संख्या बढ्ने क्रमममा चिनियाँ पर्यटकहरुले पहिलो स्थान प्राप्त गरेका छन् । चालु वर्षको नोभेम्बर महिनामा हवार्इ मार्ग भएर नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या एक हजार सात सय सतहत्तर पुगेको छ । गत वर्षको नोभेम्बर महिनामा नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या नौ सय सन्ताउन्न मात्र थियो ।

                  अहिले नेपाली पर्यटन बजार निकै तातेको छ । नेपाल घुम्न आउने उचित मौसम तथा पर्यटकहरुको घुँइचोले गर्दा जताजतै होटलहरुमा विदेशी पर्यटकको भीड देखिन्छ । चारपाँच वर्ष अगाडिसम्म नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या ज्यादै नगन्य थियो । तर अहिले पर्यटकको वृद्धिदरमा चिनियाँ पर्यटकहरु अग्रस्थानमा आउन थालेका छन् ।

                  नेपाल पर्यटन बोर्डले सि.आर.आर्इ.लार्इ उपलब्ध गराएको तथ्या अनुसार गत वर्षको जनवरीदेखि नोभेम्बरसम्म नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या पाँच हजार सात दुर्इ थियो भने चालु वर्षाको सोही अवधिका चिनियाँ पर्यटकको संख्या एक सय एक्कार्इस प्रतिशतले वृद्धि भर्इ बारु हजार छसय सत्चालीस पुगेको छ । गत वर्षको 11 महिनाको अवधिमा भन्दा चालु वर्षाको एघार महिनाको अवधिका चिनियाँ पर्यटकहरु दोब्बरभन्दा बढीले नेपाल भित्रिएका तथ्याङ्क देखाउँछ । नेपालको छिमेकी मुलुक चीनसँग अत्यन्त घनिष्ट सम्बन्ध रहनु तथा चिनियाँ पर्यटकलार्इ आकषात गर्ने खालका कार्यक्रम चीनको बजारमा छर्नाले चिनियाँ पर्यटकहरु बढ्दै गएको नेपाल पर्यटन बोर्ड चिनियाँ शाखाका अधिकारी काशीराज अधिकारी बताउनुहुन्छ । अधिकारीका अनुसार नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा ब्रोसर तथा सिडी बनाएर चिनियाँ बजारमा छरेको तथा चीनका विभिन्न सहरहरुमा व्यावसायिक प्रदर्शन गरेकाले चिनियाँ पर्यटकहरुले नेपाल घुम्ने चाहना बढाएका हुन् ।

                   यसका साथै नेपाल सरकारले चिनियाँ पर्यटकलार्इ भिसा नि:शुल्क गर्नु तथा सरकारी अधिकारीलार्इ विना भिषा आवागमन गर्न दिनुले पनि चिनियाँ पर्यटक क्रमश: बढिरहेका हुन् । त्यसैगरी नेपाल र चीनबीचमा सिधा उडान गर्ने हवार्इ सेवाको वृद्धि हुनु र चिनियाँ सञ्चार माध्यमले नेपालका बारेमा सकारात्मक प्रचार प्रसार गर्नुले पनि चिनियाँ पर्यटकहरु नेपाल घुम्न लालायित भएका हुन्।

    चेतनाथ आचार्य

    सि.आर.आर्इ.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040