china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँस्थित चिनियाँ दूताबास र अरनिको समाजले संयुक्त रुपमा चीन तिब्बत सांस्कृतिक मञ्चको आयोजना गर्ने भएका छन्
    (GMT+08:00) 2007-12-14 19:23:02    

                    यही डिसेम्बर 19 तारिखमा काठमाडौँमा चीन तिब्बत सांस्कृतिक मञ्चको आयोजना हुने भएको छ । काठमाडौँस्थित चिनियाँ दूताबास र अरनिको समाजले आयोजना गर्ने सो मञ्चमा नेपाल र चीनबीचको सम्बन्धका बारेमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । चीन अध्ययन केन्द्रका अध्यक्षा मदन रेग्मी, बुद्धिजीवी ताम्लाउ क्याब, अरनिको समाजका अध्यक्षा डा. हरिश्चन्द्र शाह तथा राजनीतिकर्मी सुरेन्द्र पाण्डेले दुई देशबीचको सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

                  अरनिको समाजका अध्यक्षा डा. हरिश्चन्द्र शाहले सि.आर.आर्इ.लार्इ बताउनुभए अनुसार याक एण्ड यति होटलमा आयोजना हुने सो मञ्चमा प्रमुख अतिथि परराष्ट मन्त्री सहाना प्रधान तथा विशेषा अतिथि नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लन हुनुहुनेछ ।

                     सो मञ्चमा भाग लिनका लागि चीनको तिब्बतबाट सहायक मन्त्री स्तरका नेताको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधिमण्डल डिसेम्बर 18 तारिखमा काठमाडौँ आइपुग्दैछ । चीन तिब्बत सांस्कृतिक मञ्च कार्यक्रमको मुख्य उद्देश्य नेपाल र तिब्बतबीचको साझा संस्कृति तथा रहनसहनका बारेमा उजागर रहेको अरनिको समाजका अध्यक्षा डा. शाहले बताउनुभयो ।

                     सो अवसरमा कार्यपत्रहरुलाई एउटा स्मारिका पनि प्रकाशन गरिने कुरा डा. शाहले बताउनुभयो । चिनियाँ दूताबाससँग मिलेर अरनिको समाजले डिसेम्बर 20 तारिख बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सेडा हलमा शैक्षीक तथा वौद्धिक कार्याशाला गोष्ठीको पनि आयोजना गर्ने भएको छ । त्यसैगरी सोही दिन अपरान्ह राष्ट्रिय सभागृहमा फोटो प्रदर्शनीको आयोजना हुने भएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आर्इ.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040