काठमाडौँमा आयोजना हुने चिनियाँ तिब्बती संस्कृति मञ्चमा भाग लिनका लागि तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संघका केन्द्रीय उपाध्यक्ष सीताको नेतृत्वमा भोलि अठ्ठाईस सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउने भएको हो । मिस्टर सीता चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त कार्य विभागका उपमन्त्री पनि हुनुहुन्छ ।
तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संघले आयोजना गर्ने यो चिनियाँ तिब्बती संस्कृति मञ्च दोस्रो पटक आयोजना गर्न लागिएको हो । गतवर्ष पहिलो पटक चीनको राजधानी पैचिङ्ग चिनियाँ तिब्बती संस्कृति मञ्चको आयोजना गरिएको थियो । चीन बाहिर आयोजना गरिने यो मञ्च अरिनिको समाज, तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संस्था, चिनियाँ तिब्बती शास्त्र अनुसन्धान केन्द्र तथा चाइना टिबेट पत्रिकाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। मञ्च यही 19 र 20 तारिखमा काठमाडौँमा आयोजना हुँदैछ ।
चिनियाँ दूताबासमा हिजो अरनिको समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्च भव्य सफल हुने बताउँदै यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउनु खुशीको कुरा भएको अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले बताउनुभयो। डा. शाहका अनुसार सीताले नेतृत्व गर्नुहुने तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संघको चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट मन्त्री सहना प्रधान तथा संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुसँग शिष्टाचार भेट गर्नेछ ।
नेपाल, चीन, संयुक्त राष्टरुंघ तथा विधिव क्षेत्रमा कार्यरत विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने यस मञ्चले नेपाली र चिनियाँ संस्कृतिको साझ अवधारणबाट जनस्तरमा प्रभाव बढाउनु रहेको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|