चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वदेशको राष्ट्रिय परिस्थितिसँग अनुकुल हुने विकासको बाटो छान्ने अधिकार रुसको रहेको कुरा वताउनुभयो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतिको पदबाट मुक्त भएपछि प्रधानमन्त्रीको पद सम्हाल्ने इच्छा व्यक्त गर्नुभएको सन्दर्भमा टिपणी गर्दा प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो।
प्रवक्ता छिन कांगले राष्ट्रपति भ्लादिमिर पुटिनको शासनकालमा रुसको राष्ट्रिय शक्ति स्पष्टरुपमा उकासिएको र रुसले अन्तर्राष्ट्रिय मामिलामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै चीन र रुसबीचको रणनीतिक साझेदारी सम्बन्धमा निकै ठूलो प्रगति हासिल भएको कुरा वताउनुभयो। चीनले चीन-रुस सम्बन्धको विकासलाई अघि बढाउन राष्ट्रपति पुटिनले गर्नुभएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गरेको छ भन्दै आगामी वर्ष आयोजना हुने रुसको आम निर्वाचन सुचारुरुपमा चल्ने विश्वास लिएको कुरा पनि प्रवक्ता छिन कांगले वताउनुभयो।
|