क्षेत्रीय शान्ति तथा स्थीरता र उक्त क्षेत्रमा विभिन्न मुलुकबीचको आपसी विश्वसलाई बढाउनका लागि जापानको गतिविधि हितकर रहेको आशा चीनले गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले आज पेइचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
प्रवक्त छिङ्गका अनुसार, जापान शान्तिपूर्ण विकासको बाटोमा लागिरहने कुरा जापानले धेरै पटक दोहर्याएको छ। चीनले जापानको उक्त अडानमा दृष्टि पुर्याएको छ। चीनले मैत्रिपूर्ण छिमेकीपनमा आधारित नीति लागू गरेर उक्त क्षेत्रका मुलुकहरु र अरु मुलुकहरुसँगको संयुक्त प्रयासमा आपसी विश्वास बढाउनुका साथै सहयोगलाई सबल पारी क्षेत्रीय स्थीरता र सुरक्षाको संरक्षण गर्ने इच्छा लिएको छ। यसका साथै, थाइवान समस्या चीनको आन्तरिक मामिला हो भन्दै उहाँले कुनै पनि मुलुकले कुनै पनि उपायद्बारा थाइवान मामिलामाथि हस्तक्षेप गर्ने कुराको चीनले विरोध गरेको कुरा दोहर्याउनु भयो।
|