china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संघको प्रतिनिधिमण्डले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग शिष्टाचार भेट गरेको छ
    (GMT+08:00) 2007-12-19 16:38:34    

          आजै बिहान काठमाडौँ आइपुगेको तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संस्थाको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङ्गसंग शिष्टाचार भेट गरेको छ । प्रतिनिधिमण्डलले आज अपरान्ह साढेतीन बजे मन्त्री गुरुङ्गलाई मन्त्रालयमा भेट गरेको हो ।

          काठमाडौँमा भोलि र पर्सि सम्पन्न हुने दोस्रो चिनियाँ तिब्बती संस्कृति मञ्चमा भाग लिनका लागि सिथाको नेतृत्वमा अठ्ठाईस सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल आज बिहान काठमाडौँ आइपुगेको हो। सिथा तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संस्थाका उपाध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त कार्य विभागका उपमन्त्री हुनुहुन्छ ।

          उपाध्यक्ष सिथाको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङ्गसँग लगभग 45 मिनेट आपसी छलफल गरेको छ । नेपाल र चीनबीचको साझा संस्कृतिका माध्यमबाट जनस्तरमा दुई देशको सम्बन्ध स्थापना भएको तथा आपसी सहयोगमा विस्तार भइरहेको कुरा दुबै नेताले व्यक्त गरेका छन् ।

          मन्त्री गुरुङ्गले चीनले नेपालमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहयोग बढ्ने आशा प्रकट गर्नुभयो। नेपालले एक चीनको नीतिलाई खुलस्त समर्थन गरेको उल्लेख गर्दै मन्त्री गुरुङ्गले नेपालको भूमि चीन बिरोधी गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताउनुभयो।

          चिनियाँ प्रतिनिधिमण्डलका नेता सिथाले हजारौँ वर्ष पुरानो तिब्बती संस्कृतिको विकास र प्रवर्द्धन गर्न चीन सरकारले गरेको प्रयासको वर्णन गर्दै दोस्रो चिनियाँ तिब्बती संस्कृति मञ्च सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

          तिब्बती संस्कृतिको संरक्षण तथा विकासका लागि चिनियाँ संस्था सन् 2004 को जुन 21 तारिखमा स्थापना भएको हो। यस संस्थामा एक सय बयानब्बे काउन्सिल सदस्यहरु आवद्ध छन् ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040