china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा दोस्रो चिनियाँ तिब्बती संस्कृति मञ्च सुरु भएको छ आजदेखि सुरु भएको
    (GMT+08:00) 2007-12-20 19:41:09    

          चिनियाँ तिब्बती संस्कृति मञ्चको परराष्ट मन्त्री सहाना प्रधानले उद्घाटन गर्नुभयो । भोलिसम्म सञ्चालन हुने चिनियाँ तिब्बती संस्कृति मञ्चको उद्घाटन गर्दै परराष्ट मन्त्री प्रधानले नेपाल र चीनबीचको दौत्य सम्बन्धमा सांस्कृतिक पक्ष अत्यन्त दर्य रहेको बताउनुभयो । दुई देशको सम्बन्ध जनस्तरसम्म पुगेको कारणा साझा संस्कृति भएको उल्लेख गर्दै चिनियाँ सहयोगले नेपाली जनतामा भावनात्मक सम्बन्ध स्थापना गराएको बताउनुभयो ।

          नेपालका लागि चिनियाँ राजदूत च सियाङ्गलिनले परराष्ट्र मन्त्री प्रधानसँग मञ्चको संयुक्त रुपमा उद्घाटन गर्दै तिब्बती संस्कृतिसँग नेपाली संस्कृति धेरै कुरामा समान रहेको बताउनुभयो । चीनको लागि नेपाल अशल छिमेकी मुलुक भएको उल्लेख गर्दै राजदूत सियाङ्गलिनले पारस्परिक सहयोग वृद्धि हुँदै गएको बताउनुभयो ।

          गतवर्ष चीनको पेइचिंग प्रथमपटक सम्पन्न भएको चिनियाँ तिब्बती संस्कृति मञ्च यस पटक चीन बाहिर पहिलोपटक आयोजना गरिएको हो । तिब्बती संस्कृतिको विकास तथा सम्वर्द्धनका लागि चिनियाँ संस्थाका उपाध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टी कार्य विभागका उपमन्त्री सि थाले मञ्चले हजारौँ वर्ष पुरानो तिब्बती संस्कृतिलाई विश्वसामु उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो। अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले मञ्चको महत्व तथा आयोजना गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पानुएभएको थियो । मञ्चमा विभिन्न विनहरुले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ ।

          तिब्बती संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि चिनियाँ संस्थाका उपाध्यक्ष सि थाले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलले आजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री कोइरालाका सल्लाहकार आदित्य बरालले सि.आर.आई.लाई बताउनुभए अनुसार प्रधानमन्त्री कोइरालाले दुई देशको सांस्कृतिक सम्बन्ध ऐतिहासिक रहेको बताउँदै चीन बिरोधी गतिविधिमा नेपालको भूमि प्रयोग गर्न नदिन आफू प्रतिवद्ध रहेको दोहोर्‍याउनुभएको छ ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040