
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै कोरियाली प्रायव्दीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा सहभागी विभिन्न पक्षले निरन्तररुपमा आ-आफ्नो दायित्व बुझेर चौतर्फी र संतुलितरुपमा छ चरणको दोस्रो भागको प्रक्रिया योजनालाई व्यवहारमा उतारी वार्ता प्रक्रियालाई नयाँ चरणमा पुर्याउने आशा चीनले गरेको कुरा बताउनुभयो।
सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा श्री छिन काङ्गले चीनका उप-परराष्ट्र मन्त्री एवम् छ-पक्षीय वार्तामा सहभागी चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख ऊ ता वैले सत्रदेखि उन्नाइस तारिखसम्म गर्नुभएको उत्तर कोरियाको भ्रमणबारे जानकारी दिनुभयो। उहाँको भनाइअनुसार, उत्तर कोरियाले दत्तचित्त भई आफ्नो वचनबद्धतालाई व्यवहारमा उतारी छ-पक्षीय वार्ता प्रक्रियालाई अघि बढाउने दावी गरेको छ।
|