china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र भारतबीच आतंककारी गतिविधि विरोधी संयुक्त तालिमबाट दुइ सेनाबीचको समझदारी तथा विश्वास बढ्ने
    (GMT+08:00) 2007-12-20 17:28:04    
            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै युन नान प्रान्तमा आयोजित चीन-भारत आतंककारी गतिविधि विरोधी संयुक्त तालिमबाट दुइ सेनाबीचको समझदारी तथा विश्वास बढ्ने कुरा बताउनुभयो।

            चीन र भारत दुइ मुलुकका स्थल सेनाबीच हिजो चीनको दक्षिण-पश्चिमी भागमा पर्ने खुन मिंग शहरमा "हातमा हात मिलाऔं-2007" नामक आतंककारी गतिविधि विरोधी संयुक्त तालिमको आयोजना गरेका छन। उक्त तालिम यसै महिनाको सत्ताइस तारिखसम्म जारी रहने छ।

            श्री छिङ्गका अनुसार, उक्त आतंकवादी गतिविधि विरोधी संयुक्त तालिमले आतंकवादविरोधी गैह्र-परम्परागत सुरक्षा क्षेत्रमा दुइ मुलुकबीचको सहयोगलाई अघि बढाउने र दुइ मुलुकबीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको विकासलाई घच्घच्याउने छ।

             सिमासम्बन्धी समस्यामा चीन र भारतबीचको मतभेद सम्बन्धमा बोल्दै श्री छिङ्गले उक्त समस्याको समाधान गर्न दुबै मुलुकले राजनीतिक निर्देशक सिद्धान्त हासिल गरिसकेको जानकारी दिनुभयो। यसबाट छलफलद्बारा उक्त समस्याको उचित समाधान गर्न आधार तयार भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040