china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राजनीतिक स्थायीत्व र दिगो विकासले गर्दा चीनको तिब्बतमा प्रगति भएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले बताउनुभएको छ
    (GMT+08:00) 2007-12-21 19:27:00    

          दिगो विकास र राजनीतिक स्थायीत्वका लागि चीनको तिब्बत नेपालका लागि राम्रो उदाहरण रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बताउनुभएको छ । आज काठमाडौँको राष्ट्रि सभागृहमा रुङ्गचङ्ग तिब्बत शीर्षकको फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री गुरुङ्गले सो कुरा व्यक्त गर्नुभएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गुरुङ्गले सांस्कृतिक आदानप्रदान तथा प्रदर्शनीले जनस्तरमा सम्बन्ध मजबुत हुँदै जाने बताउनुभयो । सन् 1961 पछि तिब्बतले विकासमा संसारलाई आश्चर्य पार्ने गरी फड्को मारेको उल्लेख गर्दै मन्त्री गुरुङ्गले भन्नुभयो नेपालमा पनि राजनीतिक स्थायीत्व र दिगो विकास हुने हो भने तिब्बतमा जस्तै प्रगति संभव छ।

          नेपालका लागि चिनियाँ राजदूत च सियाङ्गलिनले हजारौँ वर्षको इतिहास र संस्कृति बोकेको तिब्बत विश्वको छानो मानिएकोमा चिनियाँलाई गर्व लागेको बताउनुभयो । राजदूत सियाङ्गलिनले चीनले नेपाललाई असल र नजिकको छिमेकी राष्ट भएको हुनाले सधैँ महत्व दिएको पनि बताउनुभयो । नेपाल र चीनको तिब्बतबीचमा बस सेवा पुन सञ्चालन हुन लागेको, हवाइ सेवामा विस्तार भइरहेको तथा रसुवा स्याप्रुवेसी सडकको आगामी वर्षमा निर्माण कार्य सम्पन्न हुने पनि चिनियाँ राजदूत सियाङ्गलिनले व्यक्त गर्नभयो ।

          चिनियाँ तिब्बतशास्त्र अनुसन्धान केन्द्रका उप महानिर्देशक तेन्जि ग्याम्पोले रुङ्गचङ्ग तिब्बत फोटो प्रदर्शनीले आजको तिब्बतको यथार्थता प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तिब्बतको उज्यालो भविष्य त्यहाँको विकास र प्रगतिले देखाएको व्यक्त गर्दै तिब्बती परम्परा र संस्कृतिलाई फोटोमा कलात्मक तरिकाले समेटिएकोमा हेरेर अनुवभ गर्न अनुरोध गर्नुभयो।

          पर्सि शनिबारसम्म सञ्चालन हुने रुङ्गचङ्ग तिब्बत फोटो प्रदर्शनीमा दुई सयवटा तस्बिरहरु राखिएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले आजै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एक अन्तक्रिया कार्यक्रममा भाग लिएको छ। चिनियाँ प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयलाई दुईवटा कम्पयुटर उपहारस्वरुप प्रदान गरेको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040