चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले सताइस तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोद्य्दै चीन र भारतका थल सेनाको आतंकवाद विरोधी संयुक्त तालिमबाट दुई मुलुक र दुई मुलुकका सेनाको सहयोगलाई प्रबर्द्धन गर्न निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरा बताउनुभएको छ।
दुई मुलुकको सहमति अनुसार चीन र भारतले दिसेम्वर एकाइस तारिखका दिनदेखि पचिस तारिखसम्म चीनको युन नान प्रान्तको खुन मिंगमा " हात मिलाऔं- 2007"चीन-भारतका थल सेनाको आतंकवाद विरोधी संयुक्त तालिम भएको थियो ।
श्री छिन कांगले भन्नुभयोः चीन र भारत दुई मुलुक यस क्षेत्रका महत्वपूर्ण मुलुक हुन् । यस किसिमको आदान प्रदानलाई निरंतरता दिनुका साथै आपसी सहयो बृद्धि पनि गर्नुपर्ने चीनको आशा रहेको छ । यस किसिमको आदान प्रदानलाई नियमित संयन्त्र गर्न सक्ने कि नसक्ने भन्ने सम्बन्धमा पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफ दिंदा श्री छिन कांगले भन्नुभयोः चीनले भारतसित सकारात्मक रुपमा सल्लाह गर्दै यस बारे भारतको अवधारणालाई स्वागत गरिनेछ ।
|