जापानी प्रधान मन्त्री फुकुदा यासुओले सताइस तारिखका दिन विशेष विमानव्दारा पैचिंग आईपुग्नुभई चीनको चार दिने औपचारिक भ्रमण गर्न शुरु गर्नुभएको छ ।
प्राप्त जानकारी अनुसार फुकुदा यासुओको चीन भ्रमणताका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ , चीन राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष उ पांग को , प्रधान मन्त्री वन च्या पाउले श्री फुकुदा यासुओसित छुटा छुटै रुपमा भेटघाट र वार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
योजना अनुसार प्रधान मन्त्री फुकुदा यासुओले पैचिंग विश्वविद्यालयमा प्रवचन दिनुहुनेछ । यसका अतिरिक्त उहाँले थिआन चिंग र शान्तुंगको छ्यु फुको भ्रमण पनि गर्नुहुने कार्यक्रम छ ।
यसअघि आज जापानी सरकारका एक जना प्रवक्ताले पैचिंगमा बोल्दै प्रधान मन्त्री फुकुदा यासुओको यस पल्टको चीन भ्रमणबाट चीन र जापानको सम्बन्धमा "बसन्त"ल्याउने जापानको आशा रहेको छ भन्नुभयो ।
|