नेपालमा वेइजि ओलम्पिक सहभागी टोली दर्ता बैठक बस्ने भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुबबहादुर प्रधानले सि.आर.आई.लाई बताउनु भए अनुसार आगामी वर्ष सन् 2008 को मे महिनामा बस्ने सो बैठकले बेइजिङ्ग ओलम्पिकमा भाग लिने दक्षिण एसियाली राष्ट्रका सहभागी टोलीहरुको निर्णय गर्नेछ ।
योभन्दा अगाडि ओलम्पिक सहभागी टोली दर्ता बैठक आयोजक राष्ट मै बस्ने चलन थियो । यसपटक दक्षिणी एसियाका आठ राष्ट्रका ओलम्पिक कमिटीको बैठक नेपालमा हुने भएको हो । नेपालमा बस्ने ओलम्पिक काउन्सिल अफ एसियाको क्षेत्रीय मञ्चको बैठकसँगै बेइजि ओलम्पिक सहभागी टोली दर्ता बैठक बस्नेछ । यो अत्यन्त सुनौलो अवसर भएको र चीनले नेपालप्रति देखाएको सदासयताले गर्दा नेपालले सो बैठकको आयोजना गर्ने मौका पाएको अध्यक्ष प्रधानले बताउनुभयो ।
ओलम्पिक काउन्सिल अफ एसियाको क्षेत्रीय मञ्चको बैठकमा आगामी वर्ष सन् 2008 को अगष्टमा वेइजिङ्गमा हुने 29 औँ ओलम्पिक बैठक बाहेक सन् 2010 मा ग्वाङ्ग जोमा हुने 16 औँ एसियाली खेलकूदको तयारीका बारेमा पनि छलफल हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुबबहादुर प्रधानले बताउनुभयो ।
बैठकमा भाग लिनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका आयोजक, ओलम्पिक काउन्सिल अफ एसियाका आयोजक, वेइजि ओलम्पिकका आयोजक तथा 16 सौँ एसियाली खेलकूदका आयोजकहरु नेपाल आउनेभएका छन् । अध्यक्ष प्रधानले भन्नुभयो अहिले नेपालमा ओलम्पिकसम्बन्धी गतिविधि तीब्र रुपमा बढेको छ । नेपालको असल छिमेकी राष्ट चीनले ओलम्पिक खेलको आयोजना गर्ने विषयलाई नेपालीहरुले खुशी र एसियाली गर्वका रुपमा लिएको बताउँदै अध्यक्ष प्रधानले सरकार, कुटनीतिक क्षेत्र तथा जनस्तरबाट ओलम्पिक खेलको प्रचारप्रसार भइरहेको बताउनुभयो ।
चीनमा आयोजना हुने 29 औँ ओलम्पिक खेलकूदको पूर्व सन्ध्यामा महत्वपूर्ण बैठकको आयोजना गर्न पाउनु नेपालका लागि गहन विषय भएको र यसले अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाललाई फाइदा पुग्ने पनि अध्यक्ष प्रधानले बताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|