पैचिंगले ओलम्पिक खेलकूदका अवधिमा यस शहरमा रहेका एक करोड साठी लाखभन्दा बढी जनसंख्याका लागि खानेकुराको सुरक्षालाई सुनिश्चित तुल्याउने विभिन्न पाइलाहरु चाल्नेछ।
पैचिंग नगर उद्योग वाणिज्य ब्यूरोले आज दुइ तारिखका दिन सार्वजनिक गरेको वार्षिक कार्य-सूचीअनुसार, यस वर्ष पैचिंगले चौतर्फीरुपमा ओलम्पिक खेलकूदका लागि बनाइने खानेकुराको सुरक्षासम्बन्धी प्रविधिलाई व्यवस्थित पार्नेछ र निर्धारित मापदण्ड अनुसार बनाइएको खानेकुरालाई मात्र बजारमा प्रवेश गर्नदिने छ।
यसका साथै, पैचिंगले ओलम्पिक खेलकूदका लागि बनाइने खानेकुराको सुरक्षाको जिम्मा दावी प्रणालीलाई प्रयोगमा ल्याउनेछ जसबाट ती खानेकुराहरुको आपूर्ति गर्ने स्थान तथा खानेकुरा प्रशोधन गर्ने र बाँडेर पुर्याउने इलम-व्यवसायहरुसम्बन्धी अङ्क र सामग्री पूर्ण र प्रष्ट हुनसकोस।
|