china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्रिय खेलकूद परिषदले नेपाल र चीनबीचमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्ने भएको छ।
    (GMT+08:00) 2008-01-03 16:52:35    

        यही वर्षको अगष्टमा चीनमा आयोजना हुने ओलम्पिक खेलको प्रचारप्रसार गर्ने उद्देश्यले परिषदले मैत्रीपूर्ण रुपमा दुईदेशबीच फुटबल खेलको आयोजना गर्ने भएको हो। राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव जीवनरामश्रेष्ठले सि.आर.आई.सँग कुरा गर्दै सो जानकारी गराउननु भएको हो।

            चालुवर्ष 2008 को अगष्ट 8 तारिखमा 29औं गृष्मकालीन ओलम्पिक खेल वेइजिङ्ग राष्ट्रिय रङ्गशालामा उद्घाटन हुँदैछ। नेपालको अशल छिमेकी राष्ट चीनमा आयोजना हुने ओलम्पिक खेलको सफलताको कामना गर्दै नेपाल र चीनबीचमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्न लागिएको सदस्य सचिवश्रेष्ठले बताउनुभयो। सदस्य सचिवश्रेष्ठका अनुसार ओलम्पिक खेल सुरु हुनुभन्दा एकसय दिन अगाडि उल्टो गन्ती सुरु भएको दिनमा मैत्रीपूर्ण खेलको आयोजना गर्ने तयारी गरिएको छ। यसका लागि शिक्षा तथा खेलकूद मन्त्रालय माफत राष्ट्रिय खेलकूद परिषदले चिनियाँ दूताबासमा पत्राचार गरिसकिएको बताउँदै सदस्य सचिवश्रेष्ठले दूताबासबाट खेलकूद आयोजना गर्ने बारेमा पत्र बेइजि पठाइ सकिएको जानकारी सहित सकारात्मक जवाफ प्राप्त भएको पनि बताउनुभयो। चीनले आयोजना गर्ने ओलम्पिक खेलकूद दक्षिण एसियाकै गौरवको विषय भएको र नेपालमा पनि विभिन्न ढङ्ग प्रचारप्रसार गरिएको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव जीवनरामश्रेष्ठले बताउनुभयो। सदस्यसचिवश्रेष्ठका अनुसार नेपालको राष्ट्रिय टिम तथा तत्काल च्याम्पियनशीप प्राप्त गरेको ए डिभिजनको क्लबबीच र चिनियाँ फुटबल टिमबीचमा मैत्रीपूर्ण फुटबल खेलको प्रतिस्पर्धा गराइनेछ। फुटबल खेलसँगै सांस्कृतिक कार्यक्रम, विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिने उहाँले बताउनुभयो।

            नेपाली दर्शक तथा फुटबलप्रेमीहरुले चिनियाँ टिमको फुटबल हेर्न नपाएको लामो समय भएकाले ओलम्पिकको प्रचारप्रसारसँगै चिनियाँ फुटबल खेल हेर्न सुनौलो अवसर पनि भएको सदस्य सचिवश्रेष्ठले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040