china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका परराष्ट्र मन्त्री यांग चे छद्बारा अफ्रिकाका चारवटा मुलुकको भ्रमण
    (GMT+08:00) 2008-01-03 18:21:43    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनका परराष्ट्र मन्त्री यांग चे छले यसै महिनाको सात तारिखदेखि एघार तारिखसम्म दक्षिण अफ्रिका, कङ्गो, बुरुन्डी र इथियोपिया यी मुलुकहरुको भ्रमण गर्नुहुने कुराको जानकारी दिनुभयो।

          सुश्री च्यांगका अनुसार, चीन र अफ्रिका बीच 50वर्षभन्दा बढीसम्म अघिको परम्परागत मैत्रिपूर्ण सम्बन्ध छ। अफ्रिकी मुलुकसँगको एकता र सहयोगलाई सबल पार्नु चिनियाँ कुटनैतिक नीतिको महत्वपूर्ण भाग हो। परराष्ट्र मन्त्री यांगको भ्रमणको लक्ष्य आपसी समझदारीलाई घचघच्याउने, आपसी हितकर सहयोगलाई विस्तार पार्ने, चीन-अफ्रिका बीचको सहयोग मञ्चअन्तर्गत पेइचिंग शिखर सम्मेलनमा हासिल गरिएको सफलतालाई व्यवहारमा उतार्ने कुरालाई अघि बढाउने र चीन-अफ्रिका बीचको नयाँ किसिमको रणनैतिक सहयोग साझेदारी सम्बन्धको विकास गर्ने हो।

          उक्त भ्रमणको अवसरमा, परराष्ट्र मन्त्री यांगले यी चार मुलुकका विदेश मन्त्रीहरुसँग भेट-वार्ता गर्नुका साथै चार मुलुकका राष्ट्रपति र सरकारी नेतासँग पनि भेट-घाट गर्नुहुने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040