china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी अगष्टमा आयोजना हुने ओलम्पिक खेलकूदको प्रचारप्रसार गर्नका लागि नेपालको राष्ट्रिय खेलकूद परिषद र चिनियाँ दूताबास बीचमा छलफल भएको छ।
    (GMT+08:00) 2008-01-04 16:01:16    

        चीनमा आयोजना हुने 29 औं गृष्मकालीन ओलम्पिक खेलकूदको प्रचारप्रसार गर्नका लागि आज चिनियाँ दूताबासमा एक छलफल कार्यक्रमको आयोजना गरियो। चिनियाँ दूताबासको संस्कृति विभाग, राष्ट्रिय खेलकूद परिषद र नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन बीचमा विभिन्न कार्यक्रमको आयोजना गरेर ओलम्पिक खेलकूदको नेपालमा प्रचारप्रसार गर्ने सहमति भएको छ।

            चालु वर्ष 2008 को अगष्ट 8 तारिखमा 29 औं गृष्मकालीन ओलम्पिक खेल वेइजिङ्ग राष्ट्रिय रङ्गलामा उद्घाटन हुँदैछ। नेपालको अशल छिमेकी राष्ट चीनमा आयोजना हुने ओलम्पिक खेलको सफलताको कामना गर्दै चिनियाँ जनताको मनोबल बढाउने तथा ओलम्पिक खेलको पूर्ण सफलता चाहनु प्रमुख उद्देश्य राखेर काम गर्नका लागि नेपाल र चीनबीचमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय खेलकूद परिषदका अन्तर्राष्ट्रिय विभागका प्रमुख अशोक पाण्डे, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेल तथा चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युलीले संयुक्त रुपमा विभिन्न कार्यक्रम गर्ने छलफलमा व्यत्तm गरिएको छ।

            फोटो प्रदर्शन गर्ने, विभिन्न सांस्कृति झाँकीहरु प्रस्तुत गर्ने, फोटो प्रदर्शनी गर्ने जस्ता कार्यक्रमबाट ओलम्पिक खेलको प्रचारप्रसार गर्ने तथा चीन र चिनियाँ जनतालाई सकारात्मक सन्देश दिने कार्यक्रमको प्रमुख लक्ष्य रहेको नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040