चीनका स्वास्थ्य मन्त्री छन् चुले आज पैचिंगमा बोल्दै ओलम्पिक खेलकुद र अपांग ओलम्पिक खेलकुदका बेला स्वास्थ्यको सुरक्षालाई प्रत्याभूत गर्नका लागि चीनले सन् 2008 मा रोगहरुको अनुगमन र नियन्त्रण गर्ने, स्वास्थ्य अनुगमन गर्ने तथा आकस्मिक स्वास्थ्य घटनाको सामना गर्ने अनि उपचार गर्ने आदि स्वास्थ्यसम्बन्धी प्रत्याभूतिका कदमलाई सशक्त पार्ने कुरा बताउनुभयो।
छन् चुका अनुसार, पैचिंगमा ओलम्पिक खेलकुद र अपांग ओलम्पिक खेलकुदको आयोजना चीनको सार्वजनिक स्वास्थ्यको विकासका लागि यौटा राम्रो अवसर हो।
थाहा भएअनुसार, पैचिंग शहरले सन् 2006 देखि ओलम्पिक खेलकुदको अवधिमा पैदा हुनसक्ने सार्वजनिक स्वास्थ्य घटनाको मूल्यांकन कार्य शुरु गरेको थियो । सन् 2007 मा सरुवा रोग अकस्मात पैदा हुने र फैलिने अवस्थालाई रोक्ने क्षमता उकास्नका लागि चीनले पैचिंगजस्ता ओलम्पिक खेलकुदको आयोजना हुने शहरमा आवश्यक तालिमको व्यवस्था गरेको छ।
|