
चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिन्ले हालै पैचिंगको निरीक्षण गर्दै ओलम्पिक खेलकुदको प्रभावकारी आयोजना गर्ने कुरालाई पैचिंग शहरको चालू वर्षको महत्वपूर्ण कामकारुपमा बनाउने कुरा बताउनुभएको छ। उहाँले सबैभन्दा उच्च कार्य-मापदण्डव्दारा ओलम्पिक खेलकुदलाई सन्तोषजनकरुपमा सफल पार्ने कुरा पनि बताउनु भयो।
जनताको जीवनबारे चर्चा गर्दा समाजवादी मेलमिलापयुक्त समाजको निर्माण गर्नका लागि सर्वसाधारणले सबैभन्दा चासो गर्ने र तिनीहरुसित सोझै सम्बन्ध रहने तथा सबैभन्दा यथार्थ हितका समस्याको समाधान गर्नु आवश्यक रहेको कुरामा श्री च्या छिंग लिन्ले जोड दिनुभयो। उहाँका अनुसार, सामाजिक हित-कल्याणका कार्यलाई झन् महत्वपूर्ण स्थानमा राख्नुपर्छ जसबाट सर्वसाधारणले पनि आर्थिक विकासको परिणामको उचित उपभोग गर्नसकुन।
|