नेपालको अशल छिमेकी मुलुक चीनमा आगामी अगष्टमा आयोजना हुने ओलम्पिक खेलको प्रचारप्रसार गर्ने उद्देश्यले राष्ट्रिय परिषदले विशेष स्मारिका प्रकाशन गर्ने भएको हो । सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालको भरखरै सम्पन्न बैठकले यस बारे निर्णय गर्दै आगामी मे महिनामा आफ्नो चौथो राष्ट्रिय सम्मेलन गर्ने र सोही राष्ट्रिय सम्मेलनमा स्मारिकाको विमोचन गर्ने तय गरेको छ ।
सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका कार्यवाहक अध्यक्ष टीकाराम घिमिरेले सि.आर.आई.लाई बताउनुभए अनुसार नेपालमा ओलम्पिक खेलको व्यापक प्रचारप्रसार गर्ने तथा यसको उद्देश्यका बारेमा बढीभन्दा बढी नेपालीलाई जानकारी दिने उद्देश्यले स्मारिका प्रकाशन गर्न लागिएको हो । बेइजिङ्ग ओलम्पिक 2008 मा समावेश खेलकूदको जानकारी तथा तालिकालाई समेत सो स्मारिकामा स्थान दिइनेछ ।
आसन्न वेइजिङ्ग ओलम्पिक 2008 को नेपालमा विविध ढङ्गले प्रचारप्रसार भइरहेको छ । फोटो प्रदर्शनी, मैत्रीपूर्ण खेलकूदको आयोजना, सेमिना गोष्ठीका माहोलमा राष्ट्रिय परिषदले छुट्टै ढङ्गले स्मारिका प्रकाशन गर्न लागेको हो । दुईवर्ष अगाडि सन् 2005 मा राष्ट्रिय परिषदले आफ्नो दसौँ वाषिक उत्सव तथा सि.आर.आई. नेपाली विभागको तीसौँ वाषिक उत्सवाका अवसरमा 'तीन दसकको यात्रा' स्मारिका प्रकाशन गरेको थियो ।
राष्ट्रिय परिषदले आगामी फेब्रुअरी 2 तारिख चिनियाँहरुको महान उत्सव वसन्त चाडका अवसरमा एक शुभकामना कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । साथै आगामी मे 17 र 18 तारिखमा काठमाडौँमा आफ्नो चौथो राष्ट्रिय सम्मेलन भव्य रुपले सम्पन्न गर्ने निर्णय गर्दै सि.आर.आई.ले आयोजना गरेको ओलम्पिक ज्ञानविज्ञान प्रतियोगितालाई सफल बनाउन पूर्ण रुपले प्रचारप्रसार गर्ने पनि निर्णय गरेको छ । गत 5 तारिख शनिबार राष्ट्रिय परिषदका कार्यवाहक अध्यक्ष टीकाराम घिमिरेको अध्यक्षतामा सम्मन्न बैठकमा राष्ट्रिय परिषदका पदाधिकारी तथा प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेलको पनि उपस्थिति थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|