
पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिमातहत स्वयंसेवक विभागका प्रमुख लिउ चेआनले आठ तारिखका दिन पैचिंगमा बोल्दै पैचिंग ओलम्पिक खेलकुदअन्तर्गत प्यारा ओलम्पिक खेलकुदका लागि आवश्यक पर्ने स्वयंसेवकहरुका लागि नाम दर्ता गर्नेहरुको संख्या आठ लाख नाघिसकेको छ भने सानो मुलुकका भाषाका दोभाषेहरुको संख्या अझै कम छ।
श्री लिउ चेआनले भन्नुभयोः पैचिंग ओलम्पिक खेलकुदका लागि स्वयंसेवकसम्बन्धी कार्यक्रमलाई निकै समर्थन गरिएको छ भने नाम दर्ता गर्नेहरुको संख्याले आजसम्मको रिकर्ड सिर्जना गरेको छ। नाम दर्ता गर्नेहरु धेरै भए तापनि केही विशेष क्षेत्रका व्यक्तिको कमी भएको समस्याको समाधान गर्न सकिएको छैन। सकेसम्म भाषागत सेवाको पूर्णता उपलव्ध गर्नसक्ने पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिको आशा रहेको छ। अहिलेसम्म 55 किसिमका भाषाका दोभाषेहरुले नाम दर्ता गराइसकेका छन, तैपनि यो सैख्या अझै अपुग छ।
|