चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रशान्त महासागरस्थित अमेरिकी सेनाको मुख्यालयका महा सेनापति तिमोथी ज.कितिङ्गको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले यसै महिनाको तेह्रदेखि सोह्र तारिखसम्म चीनको भ्रमण गर्ने जानकारी दिनुभयो।
प्रवक्ता च्याङ्गका अनुसार, भ्रमण अवधिमा श्री कितिङ्गले पैचिङ्ग, शाङ्गहाई तथा क्वाङ्ग चौ शहरको अवलोकन गर्नु बाहेक, चीनको सैन्य पक्ष तथा परराष्ट्र मन्त्रालयका सम्बन्धित पदाधिकारीसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ। यसका अतिरिक्त, श्री कितिङ्गले चिनियाँ सेना तथा सैनिक प्रतिष्ठानको निरीक्षण गर्नुका साथै सम्बन्धित व्यक्तिहरुसित कुराकानी गर्नुहुने छ। उक्त अवसरमा दुवै पक्षले दुइ देशका सेना र दुइ देश बीचको सम्बन्ध तथा अन्य साझा चासोका विषयहरुबारे विस्तृत रुपमा वैचारिक आदान-प्रदान गर्ने जानकारी पनि प्रवक्ता च्याङ्गले दिनुभएको छ।
|