चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमति च्यांग युले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनलाई सहायता गर्ने उद्देश्यले भारतको चिकित्सा दल चीनमा आएको सत्तरीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चीन र भारतले आउने सातामा यौटा संयुक्त चिकित्सा दलको गठन गर्ने कुरा बताउनुभयो । उहांका अनुसार उक्त संयुक्त चिकित्सा दलको गठन हुने समारोहमा चीनका प्रधानमन्त्री वन् च्या पाउ तथा त्यसबेला चीनको भ्रमणमा रहनुहुने भारतका प्रधानमन्त्री सिंहको उपस्थिति हुने भएको छ।
थाहा भए अनुसार चीन र भारतको संयुक्त चिकित्सा दल चीन र भारतले बेग्ला बेग्लै रुपमा छानेर पठाएका दश दशजना उत्कृष्ठ युवा डाक्टरबाट गठित हुनेछ । तिनीहरु यही वर्षमा बेग्ला बेग्लै गरी चीन र भारतमा निशुल्क उपचार गर्ने जस्ता सार्वजनिक हितकल्याणसहित कार्यक्रम चलाउनेछन् । जसबाट चीनलाई सहायता दिने भारतको चिकित्सा दलको अन्तर्राष्ट्रिय मानवतावादी भावनाको उत्तरदायी र विकास गर्न तथा चीन र भारतका जनता बीचको जानकारी र मित्रतालाई सम्बर्द्धन गर्न सकियोस् ।
|