china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बेइजि ओलम्पिक 2008 को प्रचारप्रसार गर्नका लागि नेपालको राष्ट्रिय खेलकूद परिषद, चिनियाँ दूताबास र नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनबीच आज छलफल भएको छ
    (GMT+08:00) 2008-01-09 18:34:40    

               बेइजि ओलम्पिक 2008 को प्रचारप्रसार गर्नका लागि चिनियाँ दूताबास, राष्ट्रिय खेलकूद परिषद र नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्ने भएका छन् । आगामी मे महिनामा ओलम्पिक खेल सुरु हुनुभन्दा एक सय दिन अगाडि उल्टो गन्ती सूरु भएपछि काठमाडौँमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा विविध कार्यक्रम आयोजना हनेछ ।

                    आज राष्ट्रिय खेलकूद परिषदको सभाकक्षमा भएको त्रिपक्षीय बैठकमा सो सम्बन्धी निर्णय भएको हो । चिनियाँ दूताबासको संस्कृति विभाग, राष्ट्रिय खेलकूद परिषद र नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका पदाधिकारीहरु सो बैठकमा सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठ, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेल र चिनियाँ दूताबासका संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युली बैठकमा सहभागी हुनुहुन्थ्यो ।

                    चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.लाई बताउनुभए अनुसार चिनियाँ ए डिभिजनको एक टिम नेपाल बोलाएर आगामी मे महिनाको दोस्रो अथवा तेस्रो हप्तामा नेपालमको लिग बिजेता तथा राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेलको आयोजना गरिनेछ । चीनबाट खेलाडी, मेडिकल टिम तथा प्रशिक्षक सहित 25जनाको टोली नेपाल आउनका लागि चीनमा पत्राचार भएको उहाँले बताउनुभयो । मैत्रीपूर्ण फुटबल खेलसँगै वेइजि ओलम्पिक 2008 का बारेमा सेमिनार, सांस्कृतिक झाँकी, फोटो प्रदर्शनी तथा रुलीको आयोजना हुनेछ ।

                    आगामी अगष्ट 8 देखि चीनको बेइजंगा 29औं गृष्मकालीन ओलम्पिक खेलको आयोजना हुँदैछ । नेपालमा सरकारी तथा जनस्तरबाट बेइजि ओलम्पिक 2008 को प्रचार कार्य नयाँ वर्ष 2008 सँगै विविध सुरु भएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040