
चीनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता माउ छ्युन आनले आज पैचिंगमा बोल्दै जाडो याम र वसन्त ऋतुमा पंक्षी रुघा लाग्ने मुख्य अवधि हो भन्दै चीनले पंघी रुघा निवारण र नियन्त्रण कार्यलाई अझ जोड दिनेछ भन्नुभयो।
श्री माउले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनको स्वास्थ्य मन्त्रलयले लक्षित गरेर निवारण र नियन्त्रणसम्बन्धी नीति तय गर्नुका साथै स्थानीय विभिन्न तहका स्वास्थ्य प्रशासन विभागहरुले ठोसरुपमा जिम्मा लिई निवारण र नियन्त्रण कार्यलाई कडाइका साथ अघि बढाउनुपर्ने माग पनि गरेको छ भन्नुभयो। चीनको स्वास्थ्य विभाग र कृषि विभागले आपसी सहयोगका आधारमा निवारण र नियन्त्रणको संयन्त्रलाई अझ सुव्यवस्थित पारी व्यवहारमा उतार्नुपर्छ।

श्री माउले अगाडी भन्नुभयोः गत वर्षको जनवरीको प्रारम्भमा चीनको पूर्वी क्षेत्रमा पर्ने नान चिंग शहरमा पत्ता लगाइएको मानिसलाई लागेको पंक्षी रुघा गहनरुपमा सम्पर्कको कारणले संक्रमण भएको नतीजा निस्केको छ। मानिसबाट मानिसमा संक्रमण भएको कुनै प्रमाण छैन। यो पनि चीनमा जाडो याम शुरु भएपछि उत्पन्न भएको मानिसमा संक्रमित पंक्षी रुघा हो।
|