पैचिंग ओलिम्पिक खेलकुदको आयोजक समितिका सम्बन्धित अधिकारीले आज पैचिंगमा बोल्दै विदेशी र स्वदेशी यात्रुहरुका लागि ओलिम्पिक खेलकुद सम्बन्धी सांस्कृतिक कार्यक्रममा सहभागी हुने र ओलिम्पिक खेलकुद सम्बन्धी हर्षोल्लासको अवसर उपलव्ध गराउनका लागि चीनले शहरी ओलिम्पिक खेलकुद सम्बन्धी मनोरन्जनात्मक विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने कुरा बताउनुभयो ।
प्राप्त अर्को समाचारका अनुसार ओलिम्पिक खेलकुदको अवधिमा पैचिंगमा विश्वस्तरीय विविध सांस्कृतिक र कलात्मक कार्यक्रमको आयोजना हुने भएको छ । अमेरिका , रुस , बेलायत र भारत आदि मुलुक र क्षेत्रहरुका साठीवटा प्रख्यात कलाकार समूहले पैचिंगमा एक सयभन्दा बढी सांस्कृतिक अभिनय-प्रदर्शनको आयोजना गर्ने भएका छन् ।
|