china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा आजदेखि तिब्बती चित्रकला प्रदर्शनी सुरु भएको छ
    (GMT+08:00) 2008-01-11 16:37:09    

             चीनको स्वायत्त प्रदेश तिब्बतका ख्यातिप्राप्त कलाकारहरुको चित्रकला आजदेखि काठमाडौँमा सुरु भएको छ । ववरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आज साँझ तिब्बती चित्रकलाको उद्घाटन भिक्षुणी तथा ख्यातिप्राप्त नेपाली गायिका आनी छोयिङ्ग डोल्माले गर्नुभयो ।

                  तिब्बतीका नामी चित्रकारहरु हानन सुली, ह्वाङ्ग, जाची, चाङ्गपे, पेमा लगायतका पन्ध्रजनाले बनाएका चित्रहरुलाई प्रदर्शनीमा राखिएको छ । तिब्बती पौवाचित्र, थाङ्गा , परम्परागत चित्रहरुलाई तिब्बती चित्रकारहरुबाट बनाइउका चित्रहरुलाई नेपाली दर्शकले मन पराउने निश्चित छ । तिब्बती जनताको हातबाट बनाइएका गलैँचाहरु पनि प्रदर्शमा पनि प्रदर्शनमा राखिएकाले प्रदर्शनले थप महत्व बोकेको छ । प्रदर्शनी आगामी 23 तारिखसम्म रहनेछ ।

                  तिब्बती चित्रकलामा तिब्बती नारी तथा पुरुषलाई आकर्षक ढङ्गबाट देखाइएको छ । तिब्बतको नीलो आकाश तथा तिब्बतका परीको चित्रले त्यहाँको मिलनसार र सौजन्यपूर्ण संस्कृतिलाई प्रष्टाएको छ ।

                  चित्रकलाको उद्घाटन गर्दै भिक्षुणी तथा गायिका आनी छोयिङ्ग डोल्माले तिब्बती चित्रकलाले नेपालका वौद्धमार्गीहरुको भावना समेटेको बताउनुभयो । उहाँले नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा जातिको संस्कृतिसँग समान रहेको बताउँदै चित्रकलाले दुई देशको मैत्रीभाव प्रकट गरेकोबताउनुभयो ।

                   तिब्बती चित्रकार हान सुलीले यसभन्दा पहिले पनि आफ्ना चित्रकलाको नेपालमा प्रदर्शन गरिसक्नु भएको छ । नेपाली दर्शकले मन पराइसकेका चित्रकार लगायतका तिब्बतका ख्यातिप्राप्त चित्रकारहरुको संयुक्त चित्रकला प्रदर्शनीलाई नेपाली दर्शकहरुले मन पराउने विश्वास गरिएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040