china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदका अवधिमा पैचिड्गले विविध कार्यक्रमको आयोजना गर्ने
    (GMT+08:00) 2008-01-11 19:06:18    
             उनान्तीसौं ओलम्पिक खेलकुद अगष्ट महिनामा पैचिङ्गमा आयोजित हुने भएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिका अधिकारीले हिजो पेइचिंगमा बोल्दै चीनभित्र तथा बाहिरका पर्यटक र बासिन्दालाई ओलम्पिक खेलकुद संस्कृतिमा भाग लिई सँयुक्त रुपमा खुशी मनाउने अवसरको सिर्जना गर्ने उद्देश्यले पैचिङ्गले जुनदेखि सेप्टेबर महिनासम्म विविध संस्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिनुभएको छ। यसबाट चीनको विविध संस्कृति तथा "एउटै विश्व, एउटै सपना" भन्ने पेइचिंग ओलम्पिक खेलकुदको मुख्य नारा झल्किने भएको छ। सो अवधिमा पैचिङ्गका साथै ओलम्पिक खेलकुदको आयोजना गर्ने अन्य शहरमा पनि विभिन्न किसिमको कार्यक्रमको आयोजना गरिने छ।

                 सन 2008 पैचिङ्ग भन्ने शहरीय ओलम्पिक खेलकुद सम्बन्धी सांस्कृतिक कार्यक्रमको बन्दोबस्त सम्मेलनको आयोजना हिजो गरियो। सो सम्मेलनमा ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्गमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रमबारे सार्वजनिक गरिएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गले विभिन्न देशबाट आउनुहुने छ लाख जति खेलाडी, अधिकारी तथा पर्यटकहरुको सत्कार गर्ने अनुमान गरिएको छ। ती विभिन्न देशबाट आउने पर्यटक तथा पैचिङ्गबासीलाई ओलम्पिक खेलकुदलाई खुशीयालीपूर्वक मनाउने अवसरको प्रदान गरी चीनको संस्कृतिलाई देखाउनुका साथै विभिन्न मुलुकसितको सांस्कृतिक आदान-प्रदानको प्रवर्द्धन गर्ने उद्देश्यले पैचिङ्ग र पैचिङ्गको सहयोगका लागि ओलम्पिक खेलकुदको केही प्रतियोगिताको आयोजना गर्ने अन्य केही शहरले यस वर्षको जुनदेखि सेप्टेबर महिनासम्म विभिन्न शहरीय ओलम्पिक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने योजना छ।

                ओलम्पिक खेलकुदको महत्वपूर्ण भागहरुमध्ये सांस्कृति कार्यक्रम पनि एक हो भन्दै यो नै ओलम्पिक खेलकुदको संयोजन मुलुकको संस्कृतिलाई देखाउनुका साथै विभिन्न मुलुक बीचको सांस्कृतिक आदान-प्रदान गर्ने महत्वपूर्ण मञ्च पनि रहेको कुरा पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिको संस्कृति विभागका प्रमुख चाउ तुंग मिंगले बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

               "ओलम्पिक खेलकुद एउटा अन्तर्राष्ट्रिय मञ्च हो। यस क्रममा विविध सांस्कृतिक कार्यक्रमको आयोजनाबाट चीन र विश्वको विविध संस्कृति बीचको आदान-प्रदानका लागि एउटा फराकिलो मञ्चको निर्माण गरिने छ। यसका साथै यी कार्यक्रमबाट ओलम्पिक दिवसका अवसरमा उत्साह, खुशीयाली र शान्तिपूर्ण वातावरणको पनि सिर्जना गरिने छ। यसबाट चीन र पैचिङ्गबारे विभिन्न देशका जनताको जानकारी बढ्नुका साथै ओलम्पिक खेलकुदको घरपटि मुलुक तथा घरपटि शहरको विशेष सांस्कृतिक तथा ऐतिहासिक वातावरण र प्राकृतिक दृश्यको अनुभव पनि गर्न पाउँछन।"

                 ओलम्पिक खुलकुदका अवधिमा पैचिङ्गका विभिन्न चोकमा आयोजित सांस्कृतिक कार्यक्रम चाहिं ओलम्पिक खेलकुदको संस्कृति सम्बन्धी सांस्कृतिक कार्यक्रमहरुमध्येको एक हो। यस वर्षको ओलम्पिक खेलकुदका अवधिमा पैचिङ्गका विभिन्न चोकहरुमा आयोजित सांस्कृतिक कार्यक्रमहरुको संख्या एक सय बीसभन्दा बढी पुग्ने छ। यसबारे जानकारी दिंदै पैचिङ्गको संस्कृति व्यूरोका प्रमुख स्यांग कुंग मिनले भन्नुभयोः

               "पैचिङ्गका विभिन्न चोकमा आयोजित यी कार्यक्रममा प्रसिद्ध कलाकार तथा सामान्य सर्वसाधारणहरुले सँयुक्त रुपमा भाग लिने छन। यसका साथै ओलम्पिक खेलकुद सम्बन्धी विशेष प्रदर्शनी र चीनका विभिन्न प्रान्त, शहर तथा स्वायत्त प्रदेशको जातिय परम्परागत संस्कृति सम्बन्धी प्रदर्शनीको आयोजना गरिने छ। सर्वसाधारणलाई समयमै ओलम्पिक खेलकुद प्रतियोगिता हेर्ने अवसर दिने उद्देश्यले केही चोकमा ठूलो टेलिभिजन स्क्रिन राखिने छ। यसका अतिरिक्त केही चोकमा स्वयम सेवक तथा ओलम्पिक खेलकुदको स्मृति बस्तुको आवत-जावत क्षेत्र र खाने कुराको सेवा पनि उपलव्ध गराइने छ।"

                  पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा दशौंभन्दा बढी विदेशी कला मण्डलले पनि अभिनय देखाउन पैचिङ्ग आइपुग्ने छन। यसबाट पैचिङ्ग ओलम्पिक खेलकुदलाई अझ रंगीचंगी पारिने छ। यसबारे चर्चा गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिको संस्कृति विभागका प्रमुख चाउ तुंग मिंगले भन्नुभयोः

               "अमेरिका, रुस, बेलायतलगायत विश्वका विभिन्न ठाउँबाट साठीवटा जति प्रसिद्ध कला मण्डलले चीनको भ्रमण गर्ने योजना छ। तिनीहरुले संगीत, ओपेरा र नाचगान आदि एक सय बयालिस वटा मिलीजुली अभिनयको आयोजना गर्ने छन।"

                 थाहा भए अनुसार पैचिङ्ग बाहेक हंगकंग, शांगहाई र थेन चिन आदि पैचिङ्गको सहयोगी ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजना गर्ने केही शहरमा पनि ओलम्पिक खेलकुद सम्बन्धी विविध कार्यक्रमको आयोजना गरिने छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040