
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आज दिउँसो पैचिङ्ग ओलम्पिक खेलकुद परियोजना प्रदर्शन केन्द्रको भ्रमण गर्नुभयो। सो अवसरमा उहाँले पैचिङ्गले ओलम्पिक खेलकुदको तयारी तथा संयोजन प्रक्रियामा देखाएको ठूलो विवेकशीलता, रङ्गशालाको निर्माण क्षेत्रमा प्राप्त अनुभवले ठूला प्रतियोगिताको आयोजना, विशेष गरी सन् 2010मा आयोजना हुने राष्ट्रमण्डल खेलकुदका लागि भारतलाई प्रेरणादायी हुनसक्ने विचार व्यक्त गर्नुभयो।

पैचिङ्ग नगरका उप-प्रमुख छन काङका साथमा श्री सिंहले ओलम्पिक खेलकुद परियोजना प्रदर्शन केन्द्रको भ्रमण गर्नुभएको हो।
चीनको तीन दिने औपचारिक भ्रमणका लागि श्री मनमोहन सिंह आजै विहान पैचिङ्ग पुग्नुभएको हो।
सन् 2004 मा भारतको प्रधानमन्त्रीको पद सम्हाल्नुभएपछि उहाँले गर्नुभएको यो पहिलो चीन भ्रमण हो।
|