चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले थाइवान समस्याका सम्बन्धमा आफूले चीनलाई दिएको वचनबद्धताको अक्षरशः पालना गर्न चीनले अमेरिकालाई आग्रह गरेको कुरा बताउनुभएको छ। प्राप्त समाचारअनुसार, थाइवानेली सत्ताधारी छन श्वै पेन यसै महिनाको तेह्र तारिखका दिन अमेरिकाको आलास्का हुँदै सो मुलुकको मुख्य भूमिमा प्रवेश गरेको छ। यसै विषयलाई लिएर प्रवक्ता च्याँग यूले आज चौध तारिखका दिन पैचिंगमा बोल्दै उक्त कुरा बताउनुभएको हो।
चीनले कुनै पनि मुलुकले थाइवानेली सत्ताधारीसित कुनै पनि प्रकारको आधिकारिक आवत-जावत गर्ने कुराको दृढताका साथ विरोध गर्दैआएको छ भन्दै प्रवक्ता च्याँगले अमेरिकाको भू-भागको प्रयोग गरी छन श्वै पेनलाई "थाइवानको स्वतन्त्रता पक्षधर" पृथकतावादी कर्तुत अघि बढाउने छूट नदिन र "थाइवानको स्वतन्त्रता पक्षधर" पक्षलाई गलत संकेत दिन रोक्न चीनले अमेरिकासँग आग्रह गरेको कुरा पनि बताउनुभयो।
|