 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग युले आज पेइचिँगमा बोल्दै चीन सरकारले बेलायतका प्रधानमन्त्रीको चीन भ्रमणमा निकै ध्यान दिएको कुरा वताउनुभएको छ। आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस भ्रमणको सुअवसर पारेर दुई देशबीचको रणनीतिक वार्तालाई सबल पार्नुका साथै चीन-बेलायत चौतर्फी साझेदारी सम्बन्धको दीर्घकालीन, स्वस्थ र स्थीर विकासलाई उत्प्रेरित गर्ने इच्छा चीनले लिएको कुरा वताउनुभयो।
चीनका प्रधानमन्त्री वन च्या पाउको निमन्त्रणामा प्रधानमन्त्री ब्रोनले आगामी अठार तारिखदेखि बीस तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ।
हाल चीन र बेलायतबीचको सम्बन्धमा विकासको प्रवृति राम्रो छ भन्दै श्रीमती च्याँग युले दुई देशका उच्च स्तरबीचको आवत-जावत र रणनीतिक आपसी विश्वासलाई पनि बढाइएको विचार व्यक्त गर्नुभयो। दुई देशले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे घनिष्ट आदान-प्रदान र सल्लाहलाई कायम राखेका छन। दुई देशबीचको आर्थिक-ब्यापारिक सहयोग पनि विकसित भैरहेको छ। केही वर्षदेखि यता यूरोपेली संघका अन्य सदस्य-मुलुकको तुलनामा बेलायतका लागि चीन लगानीको सबैभन्दा ठूलो स्थानमा रहिरहेको छ र गत वर्ष द्वीपक्षीय ब्यापारिक परिमाण चालीस अरब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्यका रुपमा चीन र बेलायतको द्वीपक्षीय सम्बन्धलाई अझ बढाइएकोमा यो कार्य विश्वको शान्ति, स्थीरता र समृद्धिका लागि अनुकुल भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो।
|