चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै फिजीस्थित चिनियाँ राजदूताबास तथा न्यू-जिल्याण्डस्थित चिनियाँ राजदूताबासको सकारात्मक समन्वयमा फिजीमा भएको दुर्घटनामा परेको माछा मार्ने थाइवानको जहाजमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उद्धार गरिएको कुर वताउनुभयो।
प्रवक्ता च्यांग युका अनुसार, यस महिनाको बाह्र तारिखका दिन माछा मार्ने थाइवानको एउटा जहाज फिजी टापूको नजीकै पर्ने समुद्री क्षेत्रमा समुद्रमा लुकेको चट्टानसँग ठक्किएर डुबेको थियो। त्यस जहाजमा थाइवानका दुइजना माझी, मुख्य भूमिका चारजना माझी तथा इन्डोनेशियाका पाँचजना माझी थिए।
उक्त समाचार थाहा पाएपछि चिनियाँ परराष्ट्र मन्त्रालयले तुरुन्तै जरुरी घटनाको सामना गर्ने व्यवस्था लागू गरेर सम्बन्धित पक्षसँग खोजतलाशी तथा उद्धार कार्यको सक्रियताका साथ समन्वय गरेको थियो। हाल माझीहरु खतरामुक्त अवस्थामा फिजीको राजधानि सुभा पुगिसकेको वताइएको छ। उनीहरुको स्वास्थ्य स्थिति राम्रो छ।
|