चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनले ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्नखोज्ने कुनै पनि कुचेष्टाको विरोध गर्दैआएको कुरा बताउनुभएको छ।
पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै उहाँले भन्नुभयो- ओलम्पिक खेलकुद सबै मुलुकका जनताहरुबीचको भव्य प्रतिष्पर्धा हो। सफलतासाथ ओलम्पिक खेलकुदको आयोजना गर्नु विश्वका विभिन्न मुलुकका जनताको साझा अभिलाषा हो। त्यसैले चीन सरकारले तन-मन-धनका साथ ओलम्पिक खेलकुदका बारेमा विभिन्न तयारी कार्यहरु गर्दैआएको छ। तर यसै बेला केही संगठनहरुले आ-आफ्नो राजनैतिक कुचेष्टाका आधारमा केही विषयहरुलाई ओलम्पिक खेलकुदसित जोडेर चीनको छविमा आँच पुर्याउँनखोजेका छन। र यसै मार्फत चीन सरकारमाथि दवाउ दिन खोज्दैआएका छन। उनीहरुको कुकर्म ओलम्पिकको भावना र सिद्धान्त विपरीत हुनजाने कुरा स्पष्ट छ। त्यसैले उनीहरु अवश्य नै विफल हुने छन।
|