चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै गणतन्त्र कोरियाको इचेओन शीत भण्डारमा भएको विष्फोटनमा परी मारिएकाहरुका परिवार वा नातेदारहरुलाई दिने मुआव्जासम्बन्धी वार्ता सम्पन्न भइसकेको छ भने घाइतेहरुलाई दिने मुआव्जासम्बन्धी वार्ता अब शुरु हुनेछ भन्नुभयो।
थाहा भएअनुसार, गणतन्त्र कोरियाको भ्रमणमा रहनुभएका चीन सरकारका विशेष दूत एवम् चिनियाँ उप-परराष्ट्र मन्त्री वांग यीले चीन सरकारका तर्फबाट मृतकहरुका परिवारलाई समवेदना व्यक्त गर्नुभयो।
|