
चिनियाँ परराष्ट्रमन्त्रालया प्रवक्ता श्रीमती च्याँग युले आज अफ्गानिस्तानमा नर्वेका विदेशमन्त्री जोनास काहर स्टोरेको प्रतिनिधिमण्डललाई लक्षित गरी आक्रमण गरिएकोमा स्तब्धता व्यक्त गर्नुभएको छ। आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले चीनले कुनै पनि प्रकारको आतंकबादको दृढताका साथ विरोध गरेको कुरा वताउनुभयो।
उहाँले विश्वको शान्ति र स्थीरताका लागि अन्तर्राष्ट्रिय समाजसँगै मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो।
चीनका परराष्ट्रमन्त्री याँग च्ये छले नर्वेका विदेशमन्त्री स्टोरेलाई सान्त्वना सन्देश पठाई मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै विदेशमन्त्री स्टोरे, घाइते तथा मृतकहरुका परिवारजनहरुप्रति हार्दिक सान्त्वना व्यक्त गर्नुभएको जानकारी प्रवक्ता च्याङले दिनुभयो।
|