विदेशी राष्ट्रका लागि चिनियाँ मैत्री संघको निमन्त्रणामा पाँचवटा नेपाल चीन मैत्री संघसंस्थाका प्रतिनिधिहरुले चीनको मैत्रीपूर्ण भ्रमण गर्न लागेका हुन् । आज चिनियाँ दूताबासमा भएको बैठकमा चीन भ्रमण गर्ने बारेमा निर्णय भएको हो ।
आगामी मार्च महिनाको 3 देखि 10 तारिखसम्म चीनको गोइजोउ, पेइचि र उरुमुची शहरको भ्रमण पाँचवटा मैत्री संस्थाका प्रमुखहरुले गर्नेछन् । नेपाली चीन समाज, अरनिको समाज, नेपाल चीन प्रतिष्ठान, नेपाल चाइना फ्रेण्डण्डशीप युथ एसोसिएसन र नेपाल चीन मैत्री समाजका प्रमुखहरुले चीनको भ्रमण गर्न लागेका हुन् । चिनियाँ दूताबासमा आज दूताबासका काउन्सिलर सि हुईले मैत्री संघका प्रमुखहरुलाई चीन भ्रमणको सफलताको शुभकामना दिँदै जनस्तरमा दुई देशको सम्बन्ध विस्तारमा मैत्री संघहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो ।
काउन्सिलरले भविष्यमा चीन भ्रमण गरेर फर्किएपछि अझै सक्रिय रहने बताउँदै दुई देशको सम्बन्ध राम्रो बनाउने खेल्ने भूमिको मूल्याङ्कन हुने बताउनुभयो ।
मैत्री संघसंस्थाका प्रतिनिधिहरुले चीनमा मैत्री संस्थाका प्रमुखहरुसँग भेटघाट गर्ने, दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी गर्ने, बाहेक ऐतिहासिक तथा सांस्कृतिक स्थानहरुको भ्रमण गर्नेछन् । नेपाली प्रतिनिधिमण्डलले आगामी अगष्टमा हुने ओलम्पिक खेलको तयारी कार्यको अवलोकन पनि गर्नेछ ।
चीन भ्रमण गर्नेमा नेपाल चीन समाजका अध्यक्ष्ा रामबाबु तिवारी, अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह, नेपाल चाइना फ्रेण्डण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेल, नेपाल चीन प्रतिष्ठानका अध्यक्ष शुशीलराज पराजुली तथा नेपाल चीन मैत्री समाजका अध्यक्षा सूर्यलाल सहभागी हुनुहुनेछ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|