पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले आज सह-आयोजक शहर छिंग ताउ, थेन चिन, शांगहाई, शन यांग, छिन ह्वांग ताउसँग "ओलम्पिक सांस्कृतिक चोक सम्बन्धी साझेदारी स्मृति पत्र"मा हस्ताक्षर गर्यो।
शहरमा ओलम्पिक सांस्कृतिक चोक सम्बन्धी कार्यक्रमको आयोजना गरिने उद्देश्य ओलम्पिक भावना तथा ओलम्पिक ज्ञानको प्रचार प्रसार गर्नु, आयोजक मुलुक तथा आयोजक शहरको इतिहास तथा संस्कृतिको प्रदर्शनी गर्नु तथा शहरका लागि खुशीयाली, रमणीय तथा मनोरंजनात्मक वातावरण तयार पार्नु रहेको छ।
थाहा भए अनुसार, यस पटक ओलम्पिक सांस्कृतिक चोक सम्बन्धी कार्यक्रमको आयोजना गर्ने अवधि यसै वर्षको जुन तेइस तारिखदेखि सेप्टेम्बर सत्र तारिखसम्म हुनेछ।
गत वर्षको डिसेम्बर बाइस तारिख पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले हंगकंग विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित पक्षसँग "हंगकंगमा ओलम्पिक सांस्कृतिक चोक सम्बन्धी कार्यक्रम" मा हस्ताक्षर गरेको थियो।
|