पैचिंग शहरका कायम मुकायम प्रमुख को चिंग लोंगले हिजो ओलम्पिक खेलकुदका अवधिमा सम्बन्धित माल र सेवाको भाउमा तिव्र वृद्धिको प्रतिरोध गर्नका लागि पैचिंग नगरपालिकाले विविध निर्देशक कदम चाल्ने कुरा बताउनुभएको छ।
पैचिंग शहरको जन-कांग्रेसको सम्मेलनमा बोल्दै श्री को चिंग लोंगले नगरका बासिन्दाहरुको आधारभूत दैनिक जीवनका लागि आवश्यक मालसामानको भाउ स्थिर पार्ने कार्यलाई पैचिंग नगरपालिकाले उच्च महत्व दिंदैजाने कुरा बताउनुभयो।
को चिंग लोंका अनुसार, भविष्यमा पैचिंग शहरले ओलम्पिक खेलकुदका लागि यातायातको प्रत्याभूतिसम्बन्धी योजनालाई अरु बढी पूर्णता दिलाउने छ।
|