चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले जर्मनीले चीनसित सँयुक्त रुपमा प्रयास गरी पारस्परिक कदर, समान तथा एकले अर्काको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने आदि अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तमा चीन-जर्मनी सम्बन्धको स्वस्थ र स्थीर विकासलाई अघि बढाउने चीनको आशा व्यक्त गर्नुभएको छ।
प्रवक्ता च्यांग युले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले जर्मनीले आफ्नो बचनबद्धताको अक्षरशः पालना गरी केही केन्द्रित हितयुक्त समस्यामा चीनको अडानमा पूर्ण महत्व दिन सक्ने चीनको आशा पनि प्रकट गर्नुभएको छ।
थाहा भए अनुसार इरानको आणविक समस्याबारे बोर्लिनमा आयोजित छ मुलुकका परराष्ट्र मन्त्री स्तरीय सम्मेलनमा भाग लिनुभएका चीनका परराष्ट्र मन्त्री यांग चे छले आज जर्मनीका परराष्ट्र मन्त्री फ्रान्क-वाल्टेर स्टेन्मेएरको निमन्त्रणामा उहाँसँग द्बिपक्षीय भेटवार्ता गर्नुभयो। यसका अतिरिक्त जर्मनीका वातावरण मन्त्री सिग्मार गाब्रिएलले चीनको भ्रमण गर्नुहुने कार्यक्रम रहेको बताइएको छ।
|