चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले कूटनैतिक सम्झौता वार्तामार्फत इरानको आणविक समस्याको समाधान गर्ने चीनको द्दृढ अडान रहेको कुरा बताउनुभएको छ।
आज पैचिङ्गमा आयोजित नियमित्र पत्रकार सम्मेलनमा प्रवक्ता च्यांग युले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीन, अमेरिका, बेलायत, फ्रान्स, रुस र जर्मनीका परराष्ट्र मन्त्रीहरुले इरानको आणविक समस्याबारे छलफल गर्न आज बोर्लिनमा एउटा सम्मेलनको आयोजना गर्ने योजना रहेको छ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता च्यांग युले इरानको आणविक समस्याको समाधान हाल एउटा महत्वपूर्ण समयमा प्रवेश गरेको छ भन्दै इरानको आणविक समस्या सम्बन्धी वार्ता पुनः शुरु गर्न इरान लगायत अन्तर्राष्ट्रिय समाजले सँयुक्त रुपमा प्रयास गर्नुपर्ने चीनको अडानलाई प्रकाश पार्नुभएको छ। यसका साथै उहाँले सँयुक्त राष्ट्र संघको सुरक्षा परिषदको सम्बन्धित कारवाहीको निर्णय नै इरानको आणविक समस्याको सर्वतोमुखी, दीर्घकालीन तथा समुचित समाधानका लागि सहयोगी हुनुपर्ने ठहर चीनले गरेको कुरा बताउनुभएको छ।
|