
विश्वका अरवौं मानिसहरुको ध्यानाकर्षण भएको पैचिङ ओलम्पिक खेलकुदको उद्घाटनका लागि दुइ सय दिन भन्दा केही बढी दिनमात्र बाँकी छ। तथापि अहिले पैचिङमा ओलम्पिक खेलकुदसँग घनिष्ठ सम्बन्ध रहेका विविध प्रतियोगिताहरुको आयोजना भइरहेको छ। त्यो भनेको "भाग्यशाली पैचिङ" नामक विविध परिक्षण प्रतियोगिता हो। ती प्रतियोगिताहरुको आयोजना गरिनुको उद्देश्य पैचिङ ओलम्पिक खेलकुदका लागि "पूर्वअभ्यास"को आयोजना गर्नु पनि हो। पूर्वअभ्यास प्रतियोगिताको आयोजनामार्फत ओलम्पिक खेलकुदको आयोजना गर्ने पैचिङको क्षमतालाई जांचबुझ गर्नसकिन्छ। पूर्वनिर्धारित योजना अनुसार, पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले सन् 2007 तथा सन् 2008मा बयालीस वटा "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताको आयोजना गर्नेछ। यसै वर्षमा छबीस वटा प्रतियोगिताको आयोजना गरिनेछ। हालसम्म उन्नाइस वटा प्रतियोगिताको आयोजना गरिएको छ। आयोजित भएका ती प्रतियोगिताहरु कसरी चलेका छन त? ती परिक्षण प्रतियोगिताको आयोजनामार्फत पूर्वनिर्धारित उद्देश्यलाई कसरी साकार तुल्याइएको छ? आजको पैचिङ ओलम्पिक कार्यक्रममा यिनै विषयहरुको विस्तृत विवरण लिएर तपाईहरु समक्ष उपस्थित भएका छौं।

यसै वर्षको अक्टोबर महिनाको अन्त्यसम्म उन्नाइस वटा "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताहरु आयोजित भएका छन। तीमध्ये ओलम्पिक खेलकुदका अठार वटा खेल तथा प्यारा ओलम्पिक खेलकुदको एउटा खेल समावेश गरिएका छन। चार हजार पाँच सय चौध जना खेलाडीहरु तथा एक हजार अतसठ्ठी जना अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुदमा सम्त्बद्ध पदाधिकारीहरुलाई सत्कार गरिएको छ। ती परिक्षण प्रतियोगिताबारे समाचार संकलन गर्न आएका पत्रकारहरुको संख्या दश हजार जना पुगेका छन भने दर्शकहरुको संख्या दुइ लाख पचास हजार जना पुगेका छन। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष, "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिता संयोजन समितिका उप-प्रमुख यांग सु आनले हालै पैचिङमा ती विविध परिक्षण प्रतियोगिताको प्रभावबारे चर्चा गर्दै भन्नुहुन्छः-
"भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताको आयोजनामार्फत रंगशालाहरुका प्रबन्धहरु, प्राबिधिक प्रणाली लगायत भौतिक पुर्वाधारहरुको निर्माणबाट ओलम्पिक खेलकुद संचालनका लागि आवश्यक्तासँग अनुकुल रहेको छ। स्वयंसेवकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन। सुरक्षाको व्यवस्था, यातायात, वातावरणीय संरक्षण, चिकित्सा, रेस्टुराँ तथा आबास लगायतका क्षेत्रलाई आधारभूत रुपमा प्रत्याभूति दिइएको छ।

हालको अवस्थाबाट हेर्दा विभिन्न पक्षले "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वेस रोगेले जापानमा विश्व ट्रेक एण्ड फिल्ड च्याम्पिएनशीपमा सहभागी हुंदा भन्नुभयो, ""भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताको आयोजना निकै सफल रहेको छ, हामी त्यसमा निकै सन्तुष्ट छौं।" यसका साथै अन्तर्राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत समन्वय समितिका अध्यक्ष हेन भेरब्रुगनले ""भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताबारे चर्चा गर्दै भन्नुहुन्छ।
|