चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले चौबीस तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै केही संगठनहरुले ओलम्पिक खेलकूद समारोहको दुरुपयोग गर्दै केही कुरालाई फूलबुटा भरेर अनर्गल प्रचार-प्रशार गरेकाले वास्तवमा यस किसिमको गतिविधिबाट ओलम्पिक खेलकूद समारोहको तयारी कार्यलाई बाधा पुर्याएकोमा चीनले त्यसको दृढ विरोध जनाएको छ भन्नुभयो ।
आजको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारले अन्तर्राष्ट्रिय क्षेत्रमा केही मानिसले सुडानको दार्फुर समस्या लिएर ओलम्पिक खेलकूद समारोहको दुरुपयोग गर्दै चीन सरकारलाई दबाव गर्नुका साथै दार्फुर समस्यामा सुडान सरकारको पक्ष लिएको छ भनेर अभियोग पनि लगाएका छन् , यस बारे चीनको के टिप्पणी छ ? भन्ने प्रश्व गरेकोमा च्यांग युले त्यसको जवाफ दिंदै भन्नुभयोः चीन सरकारले ती अभियोगलाई कदापी मान्दैन । चीनले सुडानको दार्फुर समस्यामा सधैभरि सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दे आएको छ । केही संगठनहरुले दार्फुर समस्या र पैचिंगको ओलम्पिक खेलकूद समारोहसित जोडिएकोले राजनीतिक कुचेष्टा देखिएको छ । यो ओलम्पिक खेलकूद समारोहको भावना र सिद्धान्तको विपरित भएको र चीनले ओलम्पिक खेलकूद समारोहलाई राजनीतिकरण गर्ने कुराको दृढ विरोध गर्दछ भन्नुभयो।
|