चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले जापानसितै मिलेर दुबै मुलुकका नेताबीच सम्पन्न नयाँ समान विचारका आधारमा पूर्वी सागरसम्बन्धी समस्यामा यथावतरुपमा सक्रियताका साथ सर-सल्लाह गर्न चीन इच्छुक रहेको कुरा बताउनुभएको छ। आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदै उहाँले उक्त कुरा बताउनुभएको हो।
चीनले जापानसित निरन्तररुपमा सक्रियताका साथ सर-सल्लाह गर्ने प्रक्रिया र प्रवृत्तिलाई कायम राख्ने सदिच्छा देखाउँदै आपसी सम्बन्धमा सुधार गर्ने क्रममा यथाशक्य चाँडै यस समस्याको समाधान गर्न चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता च्याँग यूले बताउनुभयो।
|