चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा बोल्दै जेनेभामा आयोजना भइरहेको निशस्त्रिकरण वार्ता सम्मेलनमा वाह्य अन्तरिक्षमा हतियारको होडबाजीलाई रोक्नका लागि चीनले एउटा अन्तर्राष्ट्रिय कानूनी पत्रलाई अघि बढाएको कुरा वताउनुभयो।
जेनेभा निशस्त्रिकरण वार्ता सम्मेलनमा वाह्य अन्तरिक्षमा हतियारको होडबाजीलाई रोक्नका लागि चीनले रुससँग एउटा प्रस्ताव प्रस्तुत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता च्यांग युले उक्त कुरा वताउनुभएको हो।
प्रवक्ता च्यांग युका अनुसार, हाल जेनेभा निशस्त्रिकरण वार्ता सम्मेलनको आयोजना भइरहेको छ। यस सम्मेलन मार्च महिनासम्म चल्नेछ।
|