china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "भाग्यशाली पैचिङ" नामक विविध परिक्षण प्रतियोगिताद्वारा पैचिङ ओलम्पिक खेलकुदका लागि मूल्यवान अनुभव बटुलिएको सम्बन्धमा दोश्रो भाग
    (GMT+08:00) 2008-01-29 08:45:23    

          हालको अवस्थाबाट हेर्दा विभिन्न पक्षले "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वेस रोगेले जापानमा विश्व ट्रेक एण्ड फिल्ड च्याम्पिएनशीपमा सहभागी हुंदा भन्नुभयो, ""भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताको आयोजना निकै सफल रहेको छ, हामी त्यसमा निकै सन्तुष्ट छौं।" यसका साथै अन्तर्राष्ट्रिय ओलम्पिक समिति अन्तर्गत समन्वय समितिका अध्यक्ष हेन भेरब्रुगनले ""भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताबारे चर्चा गर्दै भन्नुहुन्छः-

          वितेका दिनहरुमा हामीले पैचिङ, छिंग ताउ तथा हंगकंगमा आयोजित धेरै वटा परिक्षण प्रतियोगिताहरुको अवलोकन गरेका छौं। ती शहरहरुमा आयोजित परिक्षण प्रतियोगिताहरु निकै सफल रहेका छन। ती प्रतियोगिताहरुलाई हेर्दा सम्बन्धित मांग पूरा भएका छन।

          हाल विश्वका एघार वटा खेलका संघहरुले ती विविध प्रतियोगिताहरुबारे तिनीहरुको मूल्यांकन प्रतिबेदन पेश गरिसकेका छन। तिनीहरुको धारणालाई निचोड निकाल्दै श्री यांग सु आनले भन्नुभयो,

          समग्र रुपबाट भन्दा विश्वका एघार वटा खेलका संघहरुले सम्पन्न भइसकेका ""भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताको उच्च मूल्यांकन गरेका छन। पैचिङ ओलम्पिक खेलकुदको उद्घाटनभन्दा एक वर्षअघि पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले आयोजना गरेका यस्ता स्तरिय परिक्षण प्रतियोगिताहरु उनीहरुको अनुमानभन्दा धेरै राम्रो छ।

          अन्तर्राष्ट्रिय ओलम्पिक समिति तथा अरु अन्तर्राष्ट्रिय खेलकुद संगठनको राय-सुझावबारे जानकारी लिनुका साथै पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले परिक्षण प्रतियोगिताबारे व्यापक मानिसहरुको धारणाको संकलन गर्न महत्व दिएको छ। सम्बन्धित सर्भेक्षणका अनुसार, मानिसहरुले "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिताको आयोजना कार्य तुलनात्मक रुपमा उच्च स्तरमा पुगेको ठहर गरेका छन।

          उच्च मूल्यांकन प्राप्त भएतापनि पैचिङ ओलम्पिक खेलकुदका आयोजकलाई निकै गौरव तथा खुसी लागेको छैन। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष, "भाग्यशाली पैचिङ" परिक्षण प्रतियोगिता संयोजन समितिका उप-प्रमुख यांग सु आनले यसबारे चर्चा गर्दै भन्नुभयो,

          परिक्षण प्रतियोगिताको आयोजनामार्फत झन् झन् बढी समस्या पत्तो लगाइएको खण्डमा आगामी वर्ष आयोजना हुने पैचिङ ओलम्पिक खेलकुदका लागि झन् झन् मुल्यवान सम्पति हुनेछ। किन भने हामीले समयमै ओलम्पिक खेलकुदको तयारी कार्यमा सुधार गर्नसक्ने छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040