चीनको मौसम विभागले पैचिङ ओलम्पिक खेलकुदका अवधिमा मौसमसम्बन्धी आवश्यक सेवाका लागि तयारी गरिसकेको छ। त्यसले पैचिङ ओलम्पिक खेलकुदका लागि मौसमसम्बन्धी उच्च स्तरीय सेवा उपलव्ध गराउने योजना गरेको छ। हाम्रा सम्वाददाताले आज पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिबाट उक्त समाचार प्राप्त गरेका हुन।
ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार सफलताका साथ प्राप्त गरेदेखि यता चीनको मौसम विभागले चौतर्फीरुपमा तयारी कार्य गर्दैआएको छ। त्यसमध्ये उक्त विभागले पैचिङ तथा ओलम्पिक खेलकुदको सह-आयोजक शहरको मौसमको अवलोकनसम्बन्धी सञ्जालको निर्माणलाई सबल पार्नुका साथै ओलम्पिक खेलकुदका अवधिमा मौसमी विवरणसम्बन्धी कठिन प्राविधिक समस्याको समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोग गरेको छ, ओलम्पिक खेलकुदका अवधिमा मौसमी प्रकोपबाट ल्याइने खतराको मूल्यांकन गरेको छ र ओलम्पिक खेलकुदका लागि मौसमी सेवासम्बन्धी अभ्यास गरेको छ।
|