चीनको सत्तारुढ पार्टी— चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले पैचिंग ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदको भावी तयारी कार्यको बन्दोबस्त मिलाउने विषयबारे छलफल गर्न हिजो एक बैठकको आयोजना गर्यो। सो बैठकले चीनले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समिति लगायतका सम्बन्धित विभागसितको सम्पर्कलाई सबल पार्दै आफ्नो विशेषतायुक्त उच्च स्तरीय ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदको आयोजना गर्न चीन प्रयासरत रहने कुरामा जोड दिएको छ।
सन् 2008 पैचिंग ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुद शुरु हुने दिन नजिकिंदैआएको बेला विभिन्न सम्बन्धित विभागहरुले हरित ओलम्पिक, वैज्ञानिक र प्राविधिक ओलम्पिक तथा मानवीय ओलम्पिक भन्ने विचारधारालाई निष्ठापूर्वक व्यवहारमा उतार्नुपर्ने, आफूले दिएका सबै वचनबद्धताको अक्षरशः पालना गर्नुपर्ने र पैचिंग ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदलाई चीन तथा विभिन्न मुलुकहरुबीचको आदान-प्रदान र सहयोगलाई मजबुत पार्ने साथै चिनियाँ जनता र विभिन्न मुलुकका जनताबीच पारस्परिक जानकारी र मित्रतालाई बढाउने भव्य समारोहकोरुपमा बनाउन प्रयास गर्नुपर्ने कुरामा पनि सो बैठकले जोड दिएको छ।
|