china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कीर्तिपुरमा स्थापित अरनिको आर्ट ग्यालरीको आज नेपालका लागि चिनियाँ राजदूत चं सियाङ्गलनले उद्घाटन गर्नुभएको छ
    (GMT+08:00) 2008-01-31 19:24:33    

          नेपाल भाषा एकेडेमीको सभाकक्षमा स्थापित अरनिको आर्ट ग्यालरीको उद्घाटन आज अपरान्ह नेपालका लागि चिनियाँ राजदूत च सियाङ्गलनले गनुभएको हो। कीर्तिपुरमा ग्यालरीको उद्घाटन गर्दै चिनियाँ राजदूत सियाङ्गलनले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धको थालनी अरनिकोले गरेको बताउनुभयो। एकाईसौँ शताब्दीमा थुप्रै अरनिको जन्मिएको बताउँदै राजदूत सियाङ्गलनले भन्नुभयो पचास वर्ष अगाडि चिनियाँ प्रधानमन्त्री चाउएनलाईलाई स्वागत गरिएको वाद्यवादनसँगै आज मैले अरनिको आर्ट ग्यालरीको उद्घाटन गर्न पाएँ ।

          उद्घाटन समारोहमा नेवारी संस्कृतिका पोशाक लगाएका कलाकारहरुले बाँसुरी र ढोलक बनाएका थिए । पचास वर्ष पहिले तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउएनलाई नेपाल भ्रमणमा आउँदा पानीले भरिएका कचौरा बजाएर निकालिएको वाद्यवादनबाट स्वागत गरिएको स्मरणमा कलाकार मोहनप्रसाद जोशीले सोही बमोजिमको मीठो वाद्यवादन बजाउनुभएको थियो।

          नेपाल भाषा एकेडेमीका कूलपति तथा अरनिको आर्ट ग्यालरीका संस्थापक सत्यमोहन जोशीले अरनिकोले पैचिंग बनाएको श्वेत चैत्यले विश्व सम्पदा सूचिको धरोहरको काम गरेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव लीलामणि पौडेलले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध राजनीतिक र आर्थिक सम्बन्धभन्दा दर्यो रहेको बताउनुभयो।

          पुरातत्व विभागका महानिर्देशक कोषराज आचार्यले अरनिकोले पुर्‍यााएको योगदानको नेपाल र चीनबीचको सम्बन्धलाई ऐतिहासिक खोज गरी संरक्षण गरिनुपर्ने कुरामा जोड दिनुभयो।

          अरनिको आर्ट ग्यालरीमा अरनिकोको शालिक, चित्र, चीनमा उनीद्बारा बनाइएका चैत्यको फोटा तथा अन्य दस्तावेजहरु संग्रह गरिएका छन् ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040